काठमाडौं । सामसङ नेपालले ‘नयाँ वर्षको शुरुआत, कनेक्टेड घर र परिवार’ अफर ल्याएको छ । कम्पनीका स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कन्डिसनर तथा माइक्रोवेभ लगायतका अप्लायन्समा विशेष छूट, उपहार र सजिलो ईएमआई सुविधासहित यो अफर ल्याइएको बताइएको छ । यो अफरले स्मार्ट कनेक्सन भएको घरमा सहज र आधुनिक जीवनशैलीको अनुभव गराउने कम्पनीको अपेक्षा छ ।
स्मार्टथिङ्स कनेक्सन प्रयोग गरेर सामसङका वाइफाइ कनेक्टेड स्मार्ट उपकरणलाई अब मोबाइलबाट सजिलै नियन्त्रण गर्न सकिने बताइएको छ । घरका टिभी, रेफ्रिजरेटर तथा वासिङ मेसिनजस्ता अप्लायन्स सबै एक अर्कासँग जोडिने र यसबाट जीवनशैली थप सजिलो, व्यवस्थित तथा आधुनिक बन्ने कम्पनीको भनाइ छ ।
यस अफरमा सामसङको टिभी लाइन–अप समावेश रहेको बताइएको छ । ५५ इन्च वा सोभन्दा माथिका टिभीहरूको खरीदमा १२ महीनासम्म वर्ल्डलिंक इन्टरनेट र नेटटिभी सेवा पनि निःशुल्क पाइने बताइएको छ । साथै विभिन्न मोडेलका युएचडी टिभी खरीद गर्दा रू. ८ हजारसम्म एक्सचेन्ज बोनस पनि उपलब्ध हुनेछ । यी सबै टिभीमा ३ वर्षको वारेन्टी समेत रहेकोले दीर्घकालीन निश्चिन्तता सुनिश्चित भएको कम्पनीको भनाइ छ । कम्पनीको बिस्पोक एआई रेफ्रिजरेटर र वासिङ मेसिन पनि यस अफरमा समावेश रहेको बताइएको छ ।