काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले फागुन २७ गतेदेखि चैत ३ गतेसम्म सर्वसाधारणमा निष्कासन गरेको आईपीओमा मागभन्दा १६ दशमलव गुणा बढी आवेदन परेको छ ।
सिडिएस क्लियरिङ्ग लिमिटेडका अनुसार अन्तिम दिन आइतवार ५ः०७ बजेसम्ममा १९ लाख ८५ हजार ६६३ जना आवेदकले २ करोड ३६ लाख ५९ हजार १२० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले फागुन २७ गतेदेखि चैत ३ गते (आज)सम्म १४ लाख ७६ हजार कित्ता आईपीओ निष्कासन तथा विक्री खुला गरेको हो ।