काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ओरियन्टल होटल्स लिमिटेडको बोनस शेयर शुक्रवार (आज) सूचीकृत भएको छ ।
होटल्सको ५ लाख ६४ हजार ४५ दशमलव २२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । उक्त बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।
होटल्सले असोज २० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले शून्य दशमलव २६३१६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।