इस्लामाबाद (पाकिस्तान) । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले पछिल्लो रिपोर्टमा उच्च नकारात्मक जोखिमलाई उजागर गर्दै पाकिस्तानको आर्थिक भविष्यका बारेमा कडा चेतावनी जारी गरेको छ । नयाँ दीर्घकालीन कार्यक्रममा पाकिस्तानी सरकार र आइएमएफबीच वार्ता हुनुअघि जारी गरिएको प्रतिवेदनले देशको स्थिरता र यसले सामना गर्ने चुनौतीको चिन्तालाई जोड दिएको छ ।
आइएमएफ स्टाफ रिपोर्टअनुसार नकारात्मक जोखिम उच्च छन् । नयाँ सरकारले एसबिए (स्ट्यान्डबाइ व्यवस्था) नीतिहरू जारी राख्ने सहानुभूति देखाएको भए पनि राजनीतिक अनिश्चितता महत्त्वपूर्ण रहेको छ । आइएमएफले नीति निर्माणमा गहिरो प्रभाव पार्ने जीवनयापनको उच्च लागत र अन्य राजनीतिक जटिलतालाई ध्यानमा राख्दै अघि बढ्नु पर्ने चेतावनी जारी गरेको छ ।
बाह्य वित्तपोषणमा कमी आएसँगै नीतिगत गिरावटले ऋण दिगोपनतर्फको पाकिस्तानी प्रगतिलाई पछाडि हटाई विनिमय दरमा दबाब दिन सक्ने आइएमएफले चेतावनी दिएको छ । यसबाहेक, बाह्य स्थिरता वस्तुको उच्च मूल्य, ढुवानी अवरोध र कडा विश्वव्यापी वित्तीय अवस्थाजस्ता कारक खतरामा भएकाले राष्ट्रको वित्तीय चुनौतीलाई बढाउन सक्ने डन पत्रिकाले जनाएको छ ।
वर्तमान परिस्थितिलाई जोड दिँदै आइएमएफले कार्यक्रमपछिको बाह्य वित्तपोषणको समयमै वितरणको महत्त्वलाई जोड दिन्छ । पाकिस्तानले हालै तीन अर्ब डलरको कार्यक्रम सम्पन्न गरेको छ भने प्रधानमन्त्री शाहबाज सरिफले आर्थिक समस्यालाई सम्बोधन गर्न दीर्घकालीन व्यवस्थाको आवश्यकतालाई जोड दिएका छन्।
गत वर्षको गर्मीमा डिफल्ट हुन मुस्किलले बचेपछि त्यसयता पाकिस्तानको अर्थतन्त्र स्थिर भएको छ र मुद्रास्फीति मेमा ३८ प्रतिशतको उच्च रेकढर्डबाट अप्रिलमा करिब १७ प्रतिशतमा झरेको छ । यद्यपि, उच्च वित्तीय स्थिरताले गर्दा चुनौती जारी छन् ।
यो गत वर्षको नकारात्मक वृद्धिको तुलनामा यस वर्ष करिब दुई प्रतिशत कमी हुने अनुमान गरिएको छ । चुनौतीलाई सम्बोधन गर्न पाकिस्तानले आइएमएफबाट कम्तिमा छ अर्ब डलर मागसहित लचिलोपन र स्थिरता ट्रस्टअन्तर्गत कोषबाट थप वित्तपोषणको अनुरोध गर्ने अपेक्षा गरिएको डनले जनाएको छ । (रासस\एएनआई)