काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले जेठ २७ गते वार्षिक साधारण सभा बोलाएको छ । जेठ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल इम्पेरियल, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयसमेत पारित गर्नेछ ।
कम्पनीले एक्सेस इन्भेष्टमेन्ट प्रालि र मेगा भेन्चर प्रालिलाई प्राप्ति गर्न लागेको छ । प्राप्तिका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्ने बताइएको छ ।
वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा जेठ १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।