काठमाडौं । पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङलाई पदमुक्त गरिएको छ । माघ २३ गते बसेको कम्पनीको सञ्चालन समितिको बैठकले गुरुङलाई माघ २३ गतेदेखि लागू हुने गरी पदमुक्त गर्ने निर्णय गरेको हो ।
सोही बैठकले माघ २३ गतेदेखि लागू हुने गरी राजु मोहन भट्टराईलाई कायम मुकायम कार्यकारी प्रमुखको जिम्मेवारी दिइएको छ । भट्टराई कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत हुन ।