काठमाडौं । पोखरा फाइनान्सले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. २ करोड ५ लाख नाफा कमाएको छ । गत आवको यसै अवधिमा भने कम्पनीले रू. ८ लाख १२ हजार नाफा कमाएको थियो । यस आधारमा कम्पनीको नाफा उल्लेख्यरूपमा वृद्धि भएको छ ।
चालू आवमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । सञ्चालन नाफा गत आवमा रू. ८ लाख १२ रहेकोमा चालू आवमा बढेर रू. २ करोड ९२ लाख पुगेको छ । त्यस्तै खुद ब्याज आम्दानी गत आवमा रू. ४ करोड ९२ लाख रहेकोमा चालू आवमा बढेर ५ करोड ५२ लाख पुगेको छ ।
नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी गत आवमा २२ पैसा रहेकोमा चालू आवमा बढेर ५ रुपैयाँ ६२ पैसा पुगेको छ । चालू आवमा कम्पनीको प्रतिशेयर नेटवर्थ १ सय ३७ रुपैयाँ ७ पैसा रहेको छ । सो अवधिमा कम्पनीको निष्क्रिय कर्जा भने १० दशमलव ४६ प्रतिशत पुगेको छ ।
चुक्तापूँजी रू. ७२ करोड ९९ लाख रहेको कम्पनीले जगेडामा रू. ४८ करोड १४ लाख र शेयर प्रिमियममा रू. ५ करोड १० लाख सञ्चिती गरेको छ । कम्पनीको रिटेन्ड अर्निङ भने रू. २६ करोड १९ लाख ऋणात्मक छ ।