काठमाडौं । प्रभु क्यापिटलको योजना व्यवस्थापनमा प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित २ म्युचुअल फण्डहरूको प्रतिफल सुरक्षित गर्ने आज (असोज १३ गते) अन्तिम दिन रहेको छ ।
प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले नगद लाभांश वितरण गर्न भोलि (सोमवार) बुक क्लोज गर्दैछन् ।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरूले यी फण्डहरूले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन् ।
प्रभु सेलेक्ट फण्डले इकाईधनीहरूलाई करसहित १० प्रतिशत र प्रभु स्मार्ट फण्डले करसहित ८ दशमलव ५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।