काठमाडौं। जलविद्युत् क्षेत्रमा लगानी गर्दै आएको प्रभु ग्रुप्स अन्तर्गतको प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयर लिलामीमा आएको छ । कम्पनीले सूचना प्रकाशित गरी सो शेयर लिलामीमा राखेको हो । कम्पनीको उक्त शेयर प्रति कित्ता रू. ६० माथि बढाबढ मूल्यमा खरीद गर्नुपर्ने बताइएकोे छ ।
आवेदकले आवेदन दिँदा न्यूनतम एक हजार कित्तादेखि अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीले गत माघ २४ मा १:१ का दरले हकप्रद शेयर निष्कासन गरेको थियो । उक्त हकप्रद शेयर विक्री वितरणपछि बाँकी रहेको १३ लाख १७ हजार ३० कित्ता शेयर लिलामीमा राखिएको हो । चैत ६ देखि लिलामीमा राखिएको यो शेयरमा चैत २० को बैंकिङ समयसम्ममा सहभागी हुन सकिने बताइएको छ । कम्पनीले माथिल्लो दोर्दी खोला जलविद्युत् आयोजना २५ मेगावाट, सुपर आँखुखोला जलविद्युत् आयोजना २५ दशमलव ४ मेगावाट र सिद्धार्थ केबलकार लिमिटेडमा लगानी गरेको छ ।