काठमाडौं । एभरेष्ट कलर लिमिटेडले नेपालमै पहिलो पटक रङ्ग उद्योगको तर्फबाट आईपीओ ल्याउने भएको छ ।
कम्पनीले आइपीओ निष्कासनका लागि मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।
एक कार्यक्रमका बिच एभरेष्ट कलरका तर्फबाट प्रबन्ध सञ्चालक सरोज लुईटेल र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
कम्पनीले प्रतिकित्ता ५० रुपैयाँका दरले ७ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
अब कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएर स्वीकृती पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछ ।