काठमाडौं । प्रतिनिधि सभाको पाँचौं अधिवेशन मंगलबार दिनको १:०० बजे देखि संघीय संसद भवन नयाँ बानेश्वरमा बसिरहेको छ । आज कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले उपभोक्ता अदालतको गठन सम्बन्धी सूचना टेबुल गर्ने कार्यसूची रहेको छ |
त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ्गले राष्ट्रिय सभामा उत्पत्ति भएको "आमसञ्चार परिषद् विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्" भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।
वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले "मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सदनमा छलफल गरियोस्" र "अनुमोदन गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत कार्यक्रम रहेको छ ।