काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । गत पुस २९ गते मन्त्रिपरिषद्ले पाँच ओटा अध्यादेश जारी गर्नका लागि एकैसाथ सिफारिस गरेको थियो । जसमध्ये ४ ओटा अध्ययादेश २९ पौष मा जारी गर्नुभएका पौडेलले बुधबार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गर्नुभएको हो ।
भूमि सम्बन्धी अध्यादेशमा भूमि सम्बन्धी ऐन २०२१, वन ऐन २०७६ र मालपोत ऐन २०७६ संशोधनको प्रस्ताव गरिएको छ ।