काठमाडौं । रिभर फल्स पावर लिमिटेडको ४३ लाख २४ हजार ६०० कित्ता शेयरको लकइन वैशाख ८ गतेदेखि सकिने भएको छ । कम्पनीको संस्थापकतर्फको ३५ लाख ७० हजार कित्ता, कर्मचारीतर्फको ५४ हजार ६०० कित्ता र आयोजना प्रभावित स्थानीयतर्फको ७ लाख कित्ता शेयरको लकइन वैशाख ८ गतेपछि सकिने भएको हो ।
यी शेयर सर्वसाधारणमा आईपीओ बाँडफाँट भएको मितिले तीन वर्षसम्म लकइनमा रहेको थियो । कम्पनीले सर्वसाधारणमा २०७९ साल जेठ ९ गते आईपीओ बाँडफाँट गरेको थियो । आयोजना प्रभावित स्थानीयमा २०७८ साल चेत २७ गतेदेखि २०७९ साल वैशाख ११ गतेसम्म आईपीओ निष्कासन गरेको थियो भने सर्वसाधारणमा २०७९ साल वैशाख २८ गतेदेखि जेठ ४ गतेसम्म कर्मचारी समेतमा आईपीओ निष्कासन गरेको थियो । वैशाख ९ गतेदेखि सम्बन्धित शेयरधनीहरुले यी शेयर खरीदविक्री गर्न पाउनेछन् ।