काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोगबापत दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको घरमै गएर पुस ५ गते दाबीबापतको रकम हस्तान्तरण गरेको बताइएको छ । कार्यक्रममा बीमित अमृत खनाललाई घातक रोगबापत १५ लाख रुपैयाँको दाबी भुक्तानी गरिएको कम्पनीले बताएको छ । बीमित अमृतले २०७८ माघ २७ गते रू. १५ लाखको बीमा योजना लिएका थिए । २०८१ कात्तिकमा उनलाई ‘ब्रेन स्ट्रोक’ भएपछि यो दाबी दर्ता भएको थियो ।
उक्त दाबी भुक्तानी कार्यक्रममा मणिग्राम शाखा प्रमुख कुशराज खनाल, मुर्गिया शाखा प्रमुख गणेश गैरे, भुमही शाखा प्रमुख प्रबिन कँडेल, मार्केटिङ दया तिमिल्सिना लगायतको उपस्थिति थियो । साथै एमडीआरटी माधव भुसाल, एमडीआरटी कमला जिसि कुँवर, सिनियर एजेन्सी मेनेजरहरू शालिकराम वस्ती, शालिकराम भण्डारी समेत उपस्थित थिए । कार्यक्रममा वक्ताहरूले बीमाको महत्त्व र आर्थिक संकटमा ग्राहकलाई बीमित तथा परिवारजनलाई बीमाले सुरक्षाको बलियो काम गर्ने विषयमा चर्चा गरेका थिए । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले यस कार्यक्रममार्फत बीमितहरूको विश्वास थप सुदृढ गर्दै सेवा विस्तार निरन्तर प्रभावकारी बनाउने प्रतिबद्धता दोहोर्याएको थियो ।