काठमाडौं । रिलायन्स फाइनान्सले संस्थापक समूहतर्फको शेयर विक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर सर्वसाधारणका लागि विक्री गर्न लागेको हो । यसअघि कम्पनीले ३५ दिने सूचना जारी गर्दै संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउने गरी शेयर विक्रीमा ल्याएको थियो ।
तोकिएको समयसम्म शेयर खरीदका लागि आवेदन नपरेपछि कम्पनीले उक्त शेयर सर्वसाधारण व्यक्ति वा संगठित संघसंस्थाले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
कम्पनीले प्रतिकित्ता शेयर मूल्य र शेयर संख्याबारे केही खुलाएको छैन । शेयर खरीद गर्न इच्छुक आवेदकले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको प्रधान कार्यालयमा निवेदन दिन सक्नेछन् ।