काठमाडौं । मंगलवार नेप्सेमा पाँच छुट्टाछुट्टै कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले साधना लघुवित्त वित्तीय संस्था, मुक्तिनाथ विकास बैंक, मिर्मिरे लघुवित्त वित्तीय संस्था, हिमालयन डिष्टिलरी र गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन गरेको हो ।
नेप्सेले साधना लघुवित्तको १९ प्रतिशत बोनस शेयर समायोजनपछि शेयर मूल्य रू. ९०४ दशमलव २० तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य रू.१ हजार ७६ को आधारमा शेयर मूल्य समायोजन गरेको हो ।
त्यस्तै मुक्तिनाथ विकास बैंकको नेप्सेले १३ दशमलव ५० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयर मूल्य रू. ४१९ दशमलव ३८ तोकेको छ । कम्पनीको अन्तिम मूल्य रू. ४७६ को आधारमा शेयर मूल्य समायोजन गरिएको हो ।
नेप्सेले मिर्मिरे लघुवित्तको २३ प्रतिशत बोनस शेयरको समायोजनपछि नेप्सेले मूल्य रू. ८२१ दशमलव ३८ तोकेको छ । कम्पनीको अन्तिम मूल्य रू. १ हजार १० दशमलव ३० को आधारमा शेयर मूल्य समायोजन गरिएको हो ।
हिमालयन डिष्टिलरीको ६० प्रतिशत बोनस शेयरको समायोजनपछि मूल्य रू. २ हजार ५१८ दशमलव ७५ तोकिएको छ । कम्पनीको अन्तिम मूल्य रू. ४ हजार ३० को आधारमा शेयर मूल्य समायोजन गरिएको हो । गुराँस लघुवित्त वित्तीय संस्थाको ४ प्रतिशत बोनस शेयर समायोजनपछि मूल्य रू. ८०० दशमलव १९ तोकिएको छ । कम्पनीको अन्तिम शेयर मूल्य रू. ८३२ दशमलव २० को आधारमा शेयर मूल्य समायोजन गरिएको हो ।