काठमाडौं । साहस उर्जा लिमिटेडको अध्यक्षमा हिमप्रसाद पाठक सर्वसम्मत चयन भएका छन् ।
कम्पनीको यही कात्तिक ७ गते बसेको सञ्चालक समिति बैठकले उनलाई अध्यक्षमा चयन गरेको नेप्सेमार्फत जानकारी गराइएको छ । यही कात्तिक ४ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले सञ्चालक समिति चयन गरेको थियो ।