माघ ११, काठमाडौं । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसङले छिटै नै आफ्नो नयाँ सिरिजको स्मार्टफोन ल्याउँदैछ ।
सामसङ ग्यालेक्सी एस २२ लाइनअपका स्मार्टफोनहरुवारे पछिल्लो समय जानकारी चुहिने क्रम बढेको छ । हालै मात्रै ग्यालेक्सी अनप्याक्डको कार्यक्रमको मिति अनलाइनमा चुहावट भएको थियो ।
यहि जनवरी २१ मा सामसङले आगामी स्मार्टफोन सिरिजको टिजर सार्वजनिक गरेको थियो । यी सिरिजमा सामसङ ग्यालेक्सी एस२२, सामसङ गयलेक्सी एस२२ प्लस र सामसङ ग्यालेक्सी एस२२ अल्ट्रा आदि छन् ।
सामसङ ग्यालेक्सी ट्याब एस८ सिरिजमा तीन ओटा ट्याबलेटहरु ग्यालेक्सी ट्याब एस८, ग्यालेक्सी ट्याब एस८ प्लस र ग्यालेक्सी ट्याब एस८ अल्ट्रा पनि हुने अफवाह चलिरहेको छ ।
सामसङ ग्यालेक्सी अनप्याक्ड २०२२ कार्यक्रमको मितिको साथै अहिले सामसङ ग्यालेक्सी एस २२ लाइनअपका मूल्य र सामसङ ग्यालेक्सी एस२२ अल्ट्रा फाइभजीको विशेषताहरु पनि चुहिसकेको छ ।
सामसङ ग्यालेक्सी एस२२ अल्ट्राका विशेषताहरुः
एङकर टेक्नोलोजी नेटवर्कले वेइपोमा पोष्ट गरेको इन्फोग्राफिकअनुसार सामसङ ग्यालेक्सी एस२२ अल्ट्रामा ६.८ इञ्चको डाइनामिक एमोलेड २एक्स डिस्प्ले हुनेछ । यसको रिफ्रेस रेट १२० हर्जको रहनेछ भने सबैभन्दा उच्चतम् ब्राइटनेशन १५०० निट्स हुनेछ ।
यो फोनमा कम्पनीले पछिल्लो एक्सीनोज २२०० चिपसेट र क्वालकम स्न्यापड्र्यागन ८ जेन १ चिपसेट हुने बताइएको छ ।
एक्सीनोज २२०० चिपसेटभएको स्मार्टफोन एशिया र यूरोपेली बजारमा विक्री गर्न सकिने अनुमान गरिएको छ । क्वालकम स्न्यापड्र्यागन ८ जेन १ चिपसेट भएका फोन चाँहि अमेरिकी बजारमा विक्री हुने अपेक्षा गरिएको छ ।
यो वर्ष सामसङले ग्यालेक्सी नोट र ग्यालेक्सी एस सिरिजका विशेषताहरुलाई ग्यालेक्सी एस२२ सिरिजमा गाभेको हनु सक्ने हल्ला चलेको छ । त्यसैले यो मोडलमा २.८ एमएस लेटेन्सी एस पेन पनि हुन सक्ने छ ।
क्यामराको कुरा गर्नु पर्दा यो उपकरणमा कूल पाँच ओटा लेन्स रहेको चुहिएको इन्फोग्राफिकमा देखिएको छ । फोनको पछाडिपट्टी १०८ मेगापिक्सेलको मुख्य क्यामरा हुनेछ । साथमा १० मेगापिक्सेलको टेलिफोटो क्यामरा, १० मेगापिक्सेलको पेरिस्कोपिक लेन्स र १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामरा पनि रहनेछन् । स्मार्टफोनको अगाडि चाँहि ४० मेगापिक्सेलको सेल्फीक्यामरा हुनेछ । स्मार्टफोनमा ४५ वाटको फास्ट चार्जिङलाई सपोर्ट गर्ने ५ हजार एमएएचको ब्याट्री हुनेछ ।
लञ्च मिति
सामसङको आगामी ग्यालेक्सी स्मार्टफोन र टयाबलेटको लागि प्रि–अर्डर वेबसाइट लाइभनै छ । टेकइन्साइडरको ब्लगअनुसार प्रि–अर्डरवेबसाइट कोडमा गुगल क्यालेन्डर इन्भाइट छ । स्मार्टफोन अर्डर गर्नेहरुलाई यो इन्भाइट पठाइनेछ । यसमा ग्यालेक्सी अनप्याक्ड २०२२ कार्यक्रमको मिति र समय तोकिएको छ ।
सामसङ ग्यालेक्सी अनप्याक्ड २०२२ को फेबु्रअरी ९ (१० ईएसटी)मा शुरु हुनेछ । कोरोना भाइरसको संक्रमणको नयाँ लहरका कारण कार्यक्रम अनलाइनमा हुने बताइएको छ । फोनको प्रि–बूकिङ फेबु्रअरी २१ द्येखि २४ सम्म खुला रहनेछ । फोन चाँहि फेबु्रअरी २५ मा सार्वजनिक गरिने ब्लगमा उल्लेख छ ।
मूल्य
सामसङ सिरिजको मूल्य ग्यालेक्सी एस२१ सिरिजको भन्दा धेरै हुने अनुमान गरिएको छ । कोरोना भाइरसको महामारीका कारण विश्वभर देखिएको चिपअभाव, महँगी, आपूर्ति शृङ्खलामा देखिएको समस्याहरु बाहेक अन्य कैयौं कारणले गर्दा पनि फोन महँगो हुने देखिएको छ । सामसङ ग्यालेक्सी एस२२को मूल्य ८४९ यूरो (१ लाख १४ हजार रुपैयाँ) देखि शुरु हुनेछ । त्यस्तै गरी सामसङ ग्यालेक्सी एस२२ प्लसको मूल्यभने १ हजार ४९ यूरो (१ लाख ४२ हजार रुपैयाँ) देखि शुरु हुनेछ । (एजेन्सीको सहयोगमा)
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।