काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ९२ दशलमव ४७ प्रतिशत वृद्धि भएको छ ।
अघिल्लो वर्ष कम्पनीले रू. २७ करोड ४ लाख नाफा कमाएकोमा गत वर्ष बढेर रू. ५२ करोड ४ लाख पुगेको छ । गत वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज घटेकाले नाफा बढ्न टेवा पुगेको हो ।
अघिल्लो वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज रू. ५३ करोड ३४ लाख रहेकोमा गत आवमा घटेर रू. ३७ करोड ७१ लाखमा झरेको छ । सोही कारण कम्पनीको सञ्चालन नाफा ८७ प्रतिशत वृद्धि भएको छ । अघिल्लो वर्ष कम्पनीको सञ्चालन नाफा रू. ४० करोड ३ लाख रहेकोमा गत वर्ष बढेर रू. ७५ करोडभन्दा बढी पुगेको छ ।
नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । अघिल्लो वर्ष कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ २८ पैसा रहेकोमा गत वर्ष बढेर १५ रुपैयाँ १७ पैसा पुगेको छ ।
त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ १ सय ४४ दशमलव ८१ पैसा, मूल्य आम्दानी अनुपात २३ दशमलव १ गुणा र तरलता अनुपात २५ दशमलव ९५ प्रतिशत छ ।
कम्पनीको चुक्ता पूँजी रू. ३ अर्ब ४३ करोड छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रिटेन्ड अर्निङमा रू. १७ करोड ७७ लाख र रिर्जभमा रू. १ अर्ब ३५ करोड भन्दा बढी सञ्चिति गरेको छ । गत वर्ष कम्पनीको वितरणयोग्य नाफा रू. १७ करोड ७७ लाख छ ।