logo
सांग्रिला होटलका संस्थापक पाण्डेको निधन
सांग्रिला होटलका संस्थापक पाण्डेको निधन
७ श्रावण २०८१

काठमाडौं । सांग्रिला होटलका संस्थापक एवं होटल संघ नेपालका पूर्वअध्यक्ष श्यामबहादुर पाण्डेको निधन भएको छ । 

१२ अक्टुवर १९३६ मा काठमाडौंको लाजिम्पाटमा जन्मिएका पाण्डेको ८८ वर्षको उमेरमा सोमवार काठमाडौंको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । 

उनले सन् १९७० मा सांग्रिला होटल स्थापना गरेका थिए, जुन अहिले पाँचतारे बनिसकेको छ । मुलुकमा अन्तरराष्ट्रिय स्तरको सुविधा सम्पन्न तारे होटेल तथा रिसोर्टहरू सञ्चालन गरी अन्तरराष्ट्रिय पर्यटन प्रवर्द्धनमा योगदान दिएका भन्दै उनले राष्ट्रिय तथा अन्तरराष्ट्रिय पदक तथा सम्मान पाएका छन् । 

मुलुकको पर्यटन व्यवसायमा पुर्‍याएको योगदानको कदर गर्दै न्यू बिजनेश एज प्रालिले गत वर्ष आयोजना गरेको आठौं संस्करणको न्यूबिज बिजनेस् कन्क्लेभ एण्ड अवार्डस्मा उनलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो ।

उनी सन् १९९१ देखि १९९३ होटल संघ नेपालको अध्यक्ष भएका थिए । 

पाण्डेको निधनप्रति होटल संघ नेपालले दुःख व्यक्त गरेको छ । संघले प्रेस विज्ञप्ति जारी गर्दै पाण्डेको निधनबाट देशले पर्यटन विकासको अभिभावक गुमाएको बताएको छ ।

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.