काठमाडौं। सानिमा बैंकले आफ्ना ग्राहकलाई भारतको एपोलो अस्पतालमा छूट प्रदान गर्न एच मेडिकल एण्ड डायग्नोस्टिक प्रालिसँग सहकार्य गरेको छ । सानिमा भिसा डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताले एपोलो अस्पतालमा डिजिटल भुक्तानी गर्दा अन्तिम बिलमा १० प्रतिशतको छूट प्राप्त गर्न सक्नेछन् ।
चेन्नई, बैंगलोर, नवी मुम्बई, अहमदाबाद र कोलकातामा रहेको अपोलो अस्पताल, चेन्नईमा रहेको अपोलो क्यान्सर इन्स्टिच्युट, हैदराबादमा रहेको अपोलो हेल्थ सिटी, नयाँ दिल्लीमा रहेको इन्द्रप्रस्थ अपोलो अस्पताल र चेन्नईमा रहेको अपोलो प्रोटोन क्यान्सर सेन्टरमा छूट प्राप्त गर्न सकिनेछ । ग्राहकले छूटका लागि अस्पताल जानुअघि बैंक वा एच मेडिकल एण्ड डायग्नोस्टिकलाई जानकारी गराउनुपर्नेछ । बैंकले १३४ शाखा कार्यालय तथा १२६ एटीएम सञ्चालनमा रहेका छन् । बैंकले यसैगरी ग्राहकलाई विभिन्न छूट तथा अफर प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।