काठमाडौं। सानिमा बैंकले बैंकको सूचना प्रविधिसम्बन्धी सेवाका लागि ‘आईएसओ २७००१ : २०२२’ प्रमाणपत्र प्राप्त गरेको छ । बैंकले ग्राहकको डेटा र आफ्नो सिस्टमको सुरक्षालाई सधैं प्राथमिकतामा राख्दै आएको बताएको छ । यो प्रमाणीकरण सूचना सुरक्षा र डेटा सुरक्षा सुनिश्चित गर्ने निरन्तर प्रयासमा बैंकले प्राप्त गरेको सफलता भएको बैंकको भनाइ छ ।
यसले ग्राहकका डेटालाई अन्तरराष्ट्रिय रूपमा मान्यता प्राप्त मापदण्डअनुसार निरन्तर रूपमा सुरक्षित गर्न बैंक सफल भएको प्रमाणित भएको बताइएको छ । यसबाट बैंकप्रतिको ग्राहकको विश्वास झनै बढ्ने बैंकको अपेक्षा छ ।
आईएसओ २७००१ प्रमाणीकरण प्रक्रियाले बैंकको सूचना सुरक्षा व्यवस्थापन प्रणालीलाई मूल्यांकन गर्ने बताइएको छ । असाधारण वित्तीय सेवा प्रदान गर्दै र निरन्तर नवप्रवर्तनलाई बढावा दिँदै बैंकले ग्राहकको डेटा र सूचनाको सुरक्षा र गोपनीयतालाई प्राथमिकता दिने प्रतिबद्धतामा व्यक्त गरेको छ ।