काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको शेयर मूल्य समायोजन भएको छ । सानिामा जिआईसी इन्स्योरेन्स लिमिटेडले बोनस शेयर वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले कम्पनीको ७ दशमलव ५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ६१७ दशमलव ९६ कायम भएको छ ।
नेप्सेले बिहीवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।
बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य रू.६६४ दशमलव ३१ मा अन्तिम कारोबार भएको थियो । आगामी आइतवार यही मूल्यका आधारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।