काठमाडौं। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स आठौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले विविध कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो । कम्पनीका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च पदाधिकारीहरू लगायतको सहभागितामा कम्पनीको प्रधान कार्यालय र देशभरिका क्षेत्रीय र प्रादेशिक कार्यालयहरूमा नेपाल रेड क्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा ३१९ जनाभन्दा बढीले रक्तदान गरेको बताइएको छ । साथै काठमाडौंको शान्तिनगरस्थित नि:सहाय सेवा सदनमा आहार विहार र गुह्येश्वरीस्थित बाल सारथी एकेडेमीमा सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.