काठमाडौं। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ‘एलिट अचिभर्स नाइट’को आयोजना गरी सन् २०२५ का लागि एमडीआरटी, सीओटी, टीओटीमा योग्य भएका एजेन्सी म्यानेजरका लागि सम्मान कार्यक्रम गरेको छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, नायब प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल, प्रमुख व्यवसाय अधिकृतहरू, प्रदेश प्रमुख, क्षेत्रीय म्यानेजर, एरिया म्यानेजर, ब्रान्च तथा सब–ब्रान्च म्यानेजरहरूको उपस्थिति रहेको बताइएको छ ।
सन् २०२५ को लागि कम्पनीबाट १ जना टीओटी, २ जना सीओटी अनि २४ जना एमडीआरटीको लागि योग्य भएका थिए । विश्वभरिका अभिकर्ता माझ ‘मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) प्रख्यात मानिने बताइएको छ । यस मञ्चमा तोकिएका मापदण्ड पूरा गरेका विश्वभरिका अभिकर्ताको वार्षिक रूपमा उपस्थिति रहने बताइएको छ । सन् २०२५ का लागि एमडीआरटीको लक्ष्य रू. ४६ लाख ९२, हजार ९००, सीओटीका लागि रू. १ करोड ४० लाख ७८ हजार ७०० र टीओटीको लागि रू. २ करोड ८१ लाख ५७ हजार ४०० तोकिएको थियो । प्रमुख कार्यकारी अधिकृत पाण्डेले सम्पूर्ण योग्य एजेन्सी म्यानेजरलाई बधाई दिँदै यस्तै प्रकारका अन्य अन्तरराष्ट्रिय कार्यक्रममा अझै बढी सहभागिता बढाउन आवश्यक सहयोग र प्रोत्साहन गरिने बताए ।