काठमाडौं । साताको कारोबारमा धितोपत्र दोस्रो बजारमा सकारात्मक रहेको देखिन्छ । कारोबार मापक सूचकहरू बढेको आधारमा गत साता बजार सरकारात्मक रहेको देखिएको हो । अघिल्लो साताको अन्तिम कारोबार दिनको तुलनामा यो साताको अन्तिम कारोबार दिनसम्म धितोपत्र दोस्रो बजारको समग्र कारोबार मापक नेप्से परिसूचक १ दशमलव ५८ प्रतिशत बढेको छ ।
अघिल्लो साताको अन्तिम कारोबार दिन २ हजार ६५७ दशमलव ७७ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन ४२ दशमलव शून्य ४ अंक माथी २ हजार ६९९ दशमलव ८१ विन्दुमा बन्द भएको हो ।
यो साता पाँच कारोबार दिनमा बजार दुई कारोबार दिन मात्र बढेको छ । पहिलो कारोबार दिन ६९ दशमलव ८० अंक बढेको बजार दोस्रो दिन २ दशमलव ४१ अंक बढेको थियो । तेस्रो कारोबार दिनदेखि बजार निरन्तर घटेर बन्द भएको छ । तेस्रो दिन १४ दशमलव शून्य ८ अंक, चौथो दिन ४ दशमलव ४५ अंक र पाँचौ दिन ११ दशमलव ६४ अंकले बजार घटेको हो ।
अघिल्ला दुई कारोबार दिन बढेर कायम भएको नाफा पछिल्ला कारोबार दिन बुक भएकाले समग्र बजार प्रभावित भएको जानकारहरूको बुझाई छ । लगानीकर्ताले पछिल्लो समय ढुक्क भएर लगानी नगरेको अवस्थालाई ब्रोकरहरूले औँल्याएका छन् । एक दुई दिन बजार बढ्ने बित्तीकै आत्तिएर नाफा बुक गर्ने परिपाटीका कारण बजारले दीर्घकालिक गतिलाई पछ्याउन नसकेको ब्रोकरहरूले बताएका छन् । अहिले बजार बढ्ने पर्याप्त आधारहरू तय भएपनि लगानीकर्ताको मनोबल बढ्न नसकेकाले बजार प्रभावित बनिरहेको ब्रोकरहरूको बुझाई छ ।
यो साता पाँच कारोबार दिनमा ५१ अर्ब ९५ करोड ६८ लाख रुपैयाँभन्दा बढीको १० करोड ३३ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । अघिल्लो साता तीन कारोबार दिनमा २७ अर्ब ४५ करोड ५४ लाख रुपैयाँभन्दा बढीको ५ करोड २६ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो । अघिल्लो साताभन्दा यो साता कुल कारोबार रकम २४ अर्ब ५० करोड रुपैयाँभन्दा बढीले र कुल कारोबार कित्ता ५ करोड ७ लाखभन्दा बढीले वृद्धि भएको हो । अघिल्लो साताभन्दा यो साता दुई दिन बढी कारोबार भएको अवस्थामा पनि औसत कारोबार रकम यो साता बढेको छ । अघिल्लो साता ९ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको १ करोड ७५ लाख भन्दा बढी कित्ता धितोपत्र औसतमा कारोबार भएकोमा यो साता १० अर्ब ३९ करोड रुपैयाँभन्दा बढीको २ करोड ६ लाखभन्दा बढी कित्ता धितोपत्र औसतमा कारोबार भएको हो । अघिल्लो साताभन्दा यो साता औसत कारोबार रकम ३ अर्ब १२ करोड रुपैयाँभन्दा बढी र औसत कारोबार कित्रा ३१ लाख २८ हजारभन्दा बढी भएको हो ।
बजार सकारात्मक बनेसँगै कुल बजार पूँजीकरण पनि ७० अर्ब २५ करोड रुपैयाँले बढेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन ४४ खर्ब ९ अर्ब १४ करोड ७६ लाख रुपैयाँ रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ४४ खर्ब ७९ अर्ब ३९ करोड ७६ लाख रुपैयाँ कायम भएको हो ।
विवरण | गत साता | अघिल्लो साता | फरक | फरक प्रतिशत |
नेप्से परिसूचक (अंक) | २,६९९.८१ | २,६५७.७७ | ४२.०४ | १.५८ |
सेन्सेटिभ इन्डेक्स (अंक) | ४५४.४७ | ४४४.७२ | ९.७५ | २.१९ |
कारोबार रकम (रू. हजारमा) | ५१,९५६,८१२.०४ | २७,४५५,४१७.४४ | २४,५०१,३९४.६१ | ८९.२४ |
कारोबार कित्ता | १०३,३९८,०६८.०० | ५२,६५४,१३८.०० | ५०,७४३,९३०.०० | ९६.३७ |
औसत कारोबार रकम (रू. हजारमा) | १०,३९१,३६२.४१ | ९,१५१,८०५.८१ | १,२३९,५५६.६० | १३.५४ |
औसत कारोबार कित्ता | २०,६७९,६१३.६० | १७,५५१,३७९.३३ | ३,१२८,२३४.२७ | १७.८२ |
कुल बजार पूँजीकरण (रू. दश लाखमा) | ४,४७९,३९७.६९ | ४,४०९,१४७.६७ | ७०,२५०.०२ | १.५९ |
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)
गत साता विकास बैंक समूहका लगानीकर्ताले सर्वाधिक गुमाउँदा वित्त समूहका लगानीकर्ताले सर्वाधिक कमाए
गत साता होटल तथा पर्यटन समूह र विकास बैंक समूहको परिसूचक घटेको छ भने बाँकी समूहको बढेको छ । होटल तथा पर्यटन समूहको शून्य दशमलव ८८ प्रतिशत र विकास बैंकको २ दशमलव ३७ प्रतिशत परिसूचक घटेको हो । गत साता वित्त समूहको परिसूचक सर्वाधिक ५ दशमलव ७३ प्रतिशत बढेको छ । त्यस्तै निर्जीवन बीमा समूहको सर्वाधिक दोस्रो नम्बरमा ३ दशमलव ६६ प्रतिशत परिसूचक बढेको देखिन्छ । अघिल्लो साताको तुलनामा गत साता लघुवित्तको ३ दशमलव ४६ प्रतिशत, जीवन बीमाको २ दशमलव ४० प्रतिशत, बैंकिङको १ दशमलव ८७ प्रतिशत, अन्यको १ दशमलव ८३ प्रतिशत, लगानीको १ दशमलव ७२ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ९३ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ७५ प्रतिशत, जलविद्युतको शून्य दशमलव ७४ प्रतिशत र व्यापारिकको शून्य दशमलव शून्य ४ प्रतिशत परिसूचक बढेको छ ।
विवरण | गत साता | अघिल्लो साता | फरक प्रतिशत |
वित्त | २,७२२.३९ | २,५७४.७६ | ५.७३ |
निर्जीवन बीमा | १३,११६.०४ | १२,६५२.४१ | ३.६६ |
लघुवित्त | ५,१३७.४२ | ४,९६५.८१ | ३.४६ |
जीवन बीमा | १३,१६८.८४ | १२,८५९.७८ | २.४ |
बैंकिङ्ग | १,३५९.१४ | १,३३४.२२ | १.८७ |
अन्य | २,१२३.२८ | २,०८५.१२ | १.८३ |
लगानी | १०५.८५ | १०४.०६ | १.७२ |
उत्पादन तथा प्रशोधन | ७,१६२.८९ | ७,०९६.५५ | ०.९३ |
म्युचुअल फण्ड | २०.२३ | २०.०८ | ०.७५ |
जलविद्युत् | ३,८२३.८३ | ३,७९५.५६ | ०.७४ |
व्यापार | ४,३५८.२५ | ४,३५६.७० | ०.०४ |
होटल तथा पर्यटन | ६,७५६.०४ | ६,८१५.७९ | -०.८८ |
विकास बैंक | ५,७२५.४४ | ५,८६४.५२ | -२.३७ |
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)