काठमाडौं। श्रीकेश जडीबुटी आयुर्वेदिक हेयर ओयल औषधि व्यवस्था विभागमा सूचीकृत भएको छ । सप्तऋषि ओयल एन्ड कस्मेटिक इन्डस्ट्रीद्वारा उत्पादित श्रीकेश ओयल आधिकारिक रूपमा औषधि व्यवस्था विभागमा सूचीकृत भएको हो ।
श्रीकेशले विभागमा आवश्यक शर्त पूरा गरेर सूचीकृत हुन निवेदन दिएको थियो । उक्त निवेदनलाई आयोगको फागुन २५ गते बसेको बैठकले आयोगमा दर्ता गरेको बताइएको छ । यससँगै श्रीकेश विभागमा दर्ता हुने पहिलो हेयर ओयल बनेको दाबी कम्पनीको छ ।
विभागले नेपालमा बनेका जडीबुटीजन्य सुगन्धित तेल अनिवार्य रूपमा दर्ता हुनुपर्ने व्यवस्था गरेको बताइएको छ । विभागमा दर्ता हुन आउने कुनै पनि जडीबुटीजन्य सुगन्धित तेलहरूले उत्पादन गर्ने वस्तुको फर्मुला वा कम्पोजिसनको आधार पेस गर्नुपर्ने मापदण्ड तोकिएको छ ।