काठमाडौं । आज मे १ अर्थात् अन्तरराष्ट्रिय श्रमिक दिवस । श्रमिकहरूको अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ मा नेपालसहित विश्वभर यो दिवस मनाइने गरिन्छ ।
विश्वभरका मजदुरले यस दिन आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिन विभिन्न कार्यक्रम गर्दै आएका छन् । यही अवसरमा नेपालमा पनि कार्यक्रम आयोजना गरिएको छ ।
तर, संघीय राजधानी काठमाडौंमा काम गर्ने अधिकांश मजदुरहरू यसबारे बेखबरजस्तै छन् । श्रमिक दिवसको अवसरमा आज काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुने मजदुर न्यून देखिए । बरु उनीहरू आफ्नो दैनिक ज्यालादारीको काममा व्यस्त थिए ।
श्रमिक दिवसमा काठमाडौंका विभिन्न स्थानमा काम गरिरहेका मजदुरहरूलाई तस्वीरमा कैद गरिएको छ ।