काठमाडौं । शुक्रवार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले घटेको हो ।
बिहीबार प्रतितोला १ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रवार १ लाख ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।
यो दिन चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको छ । शुक्रवार चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भैरहेको जानकारी महासंघले दिएको छ । बिहीवार भने चाँदी प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो ।