शुरूभयो होली - तस्वीरहरू

Share News

काठमाडौं । काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारमा चीर ठड्याइएको छ ।

बिहान ७ बजेर ४७ मिनेटको साइतमा मानन्धर समुदायले रङ्गीचङ्गी ध्वजापतकासहित सजाइएको बाँसको तीन खण्डे चीर ठड्याएसँगै होली पर्व शुरू भएको हो । होलीलाई असत्यमाथि सत्यको विजयको रुपमा हरेक वर्ष फागु पूर्णिमाका दिन मनाउने गरिन्छ ।

नेवार समुदायले चीर ठड्याउनुलाई होलीको शुरुआतका रुपमा लिने गरेका छन् । असत्यमाथि सत्यको जीतका रुपमा चीर ठड्याइएको स्थानीय बताउँछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।