काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकको १७औं वार्षिकोत्सवको अवसरमा शनिवार नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकका बेनी र सुर्खेत शाखाले नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेका हुन् । बैंकले म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङेमा स्थानीय बेनी सञ्जिविनी हेल्थ क्लिनिकसँगको सहकार्यमा नि:शुल्क स्वास्थ्य परीक्षणका साथै औषधि वितरण कार्यक्रम गरेको हो । यसैगरी सुर्खेतको वराहताल गिरीघाटमा स्थानीय जीपी मेमोरियल नर्सिङ होमसँगको सहकार्यमा बैंकले नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको बताइएकोे छ । स्वास्थ्य शिविरमा करीब ३०० जनाले सेवा लिएको बैंकले जानकारी दिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।