काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले रक्षा नेपाललाई सहयोग प्रदान गरेको छ । संस्थाले यौन शोषणमा परेका बालिका, महिला, उनीहरूका बालबालिका, विशेषगरी बेचबिखन र यौन हिंसाको जोखिममा परेका बालबालिकाको सुरक्षाका लागि कानूनी सहयोग गर्दै आएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले दैनिक उपभोग्य खाद्यान्न लगायत अन्य आवश्यक सामग्री संस्थालाई हस्तान्तरण गरेका हुन् । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक लगायत क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको बताइएको छ ।