काठमाडौं। सिटिजन्स बैंकले घरमै बसेर बैंकको मोबाइल बैंकिङ एपमार्फत आफ्नो खातामा प्यान अपडेट गर्न मिल्ने सुविधा ल्याएको छ । साथै ब्यालेन्स सर्टिफिकेट आवश्यक परेमा सोही एपमार्फत अनुरोध गर्न सकिने व्यवस्था समेत मिलाएको बताइएको छ । यस सुविधापश्चात् ग्राहक बैंकको कार्यालयमा नगई सहज र भन्झट रहित सुविधा प्राप्त गर्न सक्ने विश्वास बैंकको छ ।
प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’ को उपाधि प्राप्त बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ । साथै बैंकले नेपालमै पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको बताइएको छ । बैंकले १९९ शाखा, १६६ एटिएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।