सन नेपाल लाइफको व्यतित बीमालेख नवीकरण गर्दा ७५ प्रतिशतम्म छूट

Share News

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरणमा ७५ प्रतिशतसम्म छूट सुविधा उपलब्ध गराउने भएको छ ।

कम्पनीका अनुसार आज अर्थात् चैत ११ देखि २८ गतेसम्म यो छूट सुविधा लागू हुने छ । यो छूट सुविधा बीमा अवधिभर एक पटक मात्र प्रदान गरिने कम्पनीले जनाएको छ ।

यसरी ब्याज छूट सुविधाको उपयोग गरि नवीकरण गरिएका बीमालेख समर्पण गर्न चाहेमा उक्त छूट रकम समर्पण मूल्यबाट कट्टासमेत गरिने कम्पनीले प्रकाशित सूचनामा उल्लेख गरेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।