सन नेपाल लाइफको ब्यतित बीमालेख नविकरणमा ७५ प्रतिशतसम्म छुट

Share News

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नवीकरणमा छूट दिने भएको छ । 

कम्पनीले आइतवार एक सूचना जारी गर्दै कात्तिकको अन्त्यसम्मको अवधिमा व्यतित बीमालेख नवीकरणमा ७५ प्रतिशत छूट दिने निर्णय गरेको हो । 

कम्पनीको उक्त निर्णयले हजारौं बीमितहरूलाई आफ्ना बीमा पोलिसीहरू नवीकरण गराउँदा लाभ मिल्ने भएको छ । बीमितहरूले छूट अवसरको फाइदा लिँदै समयमा नै व्यतित बीमालेख नवीकरण गर्न कम्पनीले आग्रह गरेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।