सुन चाँदीको मूल्य घट्यो, यस्तो छ आजको बजार भाउ

फाइल तस्वीर ।

Share News

काठमाडौँ ।  सुनको मूल्य आज प्रतितोला १ हजार ३०० रूपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख ४७ हजार ५०० रूपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ४६ हजार २०० रूपैयाँ निर्धारण भएको हो ।

त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला रु २० ले घटेको छ । शुक्रबार प्रतितोला १ हजार ८३० मा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ८१० रूपैयाँ निर्धारण भएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।