काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आजको सुनको मूल्य प्रतितोला रू. पाँच सय र चाँदी प्रतितोला रू. १५ बढेको हो ।
आइतवार प्रतितोला रू. एक लाख ७० हजार तीन सयमा कारोबार भएको सुन आज बढेर रू. एक लाख ७० हजार आठ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, आज चाँदी एक हजार नौ सय ८५ मा किनबेच हुनेछ ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार नौ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस