काठमाडौं । नेपाली बजारमा मंगलवार सुनको मूल्य प्रतितोला २ हजार ६०० ले घटेको नेपाल सनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत कारोकार दिन अर्थात सोमबार प्रतितोला १ लाख ५१ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आजका लागि प्रतितोला १ लाख ४८ हजार ७०० रूपैयाँ कायम भएको छ ।
आजका लागि चाँदीको मूल्य समेत घटेको छ । सोमबार १ हजार ८४५ रूपैयाँमा कारोबार भएकोमा आजका लागि चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले घटेर १ हजार ८२० रूपैयाँ कायम भएको छ ।
यस्तै अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ६२४ दशमलव ९९ अमेरिकी डलरमा कारोबार भइरेको छ । यो मूल्य गत कारोबार दिनको अन्तिम कारोबार मूल्य भन्दा ७ दशमलव ५० अमेरिकी डलरले बढी हो ।
यस्तै नेपाल राष्ट्र बैंकका अनुसार आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदरअनुसार सोमबारको तुलनामा अमेरिकी डलर, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, थाई भाट, हङ्कङ डलर र ओमानी रियालको मूल्य घटेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३५ रुपैयाँ १७ पैसा कायम भएको छ ।
सामान्यतया डलरको मूल्य घट्दा सुनको मूल्य बढ्ने अन्मान गरिन्छ । आज डरलको मूल्य घटेको तथा अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा नेपालमा भने घटेको छ । यसरी मूल्य घट्नुमा हालै सरकारको निर्णयले सुनमा लाग्दै आएको भन्सारदर घट्नुको प्रभाव हो ।
व्यवसायीका अनुसार सुनको भन्सार महशुल भारतमा ६ प्रतिशत हुँदा नेपालमा २० प्रतिशत पुग्नु असान्दर्भिक थियो । महशुल वृद्धि सुनचाँदी बजारमा चाडपर्वबाहेकको समयमा ठूलो असर पारेकोमा भन्सार दर समायोजनले अब सुनचाँदी व्यवसायलाई ठूलो राहत पुग्ने व्यवसायीको भनाइ छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदरअनुसार सोमबारको तुलनामा अमेरिकी डलर, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, थाई भाट, हङ्कङ डलर र ओमानी रियालको मूल्य घटेको छ । त्यस्तै, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, स्वीडिस क्रोनरको भने मूल्य बढेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३५ रुपैयाँ १७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ०८ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १६९ रुपैयाँ २० पैसा र बिक्रीदर १६९ रुपैयाँ ९६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५१ रुपैयाँ २२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८९ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ९९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ७१ पैसा र बिक्रीदर आठ रुपैयाँ ७५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १८ रुपैयाँ ६६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३६ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ८९ पैसा र बिक्रीदर तीन रुपैयाँ ९१ पैसा, घटेको युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा, बढेको मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ २३ पैसा र बिक्रीदर ३० रुपैयाँ ३६ पैसा, साउथ कोरियन वन एक सयको खरिदर नौ रुपैयाँ ६० पैसा र बिक्रीदर नौ रुपैयाँ ६४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २५ पैसा र बिक्रीदर १२ रुपैयाँ ३० पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १९ रुपैयाँ तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २९ पैसा र बिक्रीदर १७ रुपैयाँ ३७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ २१ र बिक्रीदर चार सय ३९ रुपैयाँ १६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ ९८ पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ५७ पैसा तय भएको छ । यस्तै, ओमानी रियाल एकको खरिददर तीन सय ४९ रुपैयाँ ५५ पैसा र बिक्रीदर तीन सय ५१ रुपैयाँ १० पैसा तय भएको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेछ ।