काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको छ । शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च कायम भई प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो । आइतबार प्रतितोला २ हजार २ सय रुपैयाँले घटेर १ लाख ३६ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
साथै आइतबार चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेर १७ सय रुपैयाँ कायम भएको छ ।