काठमाडौं । गत शुक्रबारको तुलनामा नेपाली बजारमा आज (आइतवार) सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँले वृद्धि भएको छ ।चाँदी पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ७०० मा कारोबार भएको छ भने सोही परिमाणको चाँदीको मूल्य १ हजार ८६० कायम भएको छ ।
आज अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको हो । अन्तरराष्ट्रिय बजारमा आज प्रति औँस सुनको मूल्य २ हजार ७०४ अमेरिकी डलर निर्धारण भएको छ । गत शुक्रबार सोही परिमाणको मूल्य २ हजार ६८१ डलरमा कारोबार भएको थियो ।
यस्तो छ आजका निम्ति निर्धारित विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार, अमेरिकी डलर १ को खरिदर १३७ रुपैयाँ २५ पैसा र विक्रीदर १३७ रुपैयाँ ८५ पैसा कायम भएको छ । शनिवार देखि कायम यो मू्ल्य हालसम्मकै उच्च हो ।
युरोपियन युरो १ को खरिददर १४१ रुपैयाँ ४० पैसा र विक्रीदर १४१ रुपैयाँ ०२ पैसा, युके पाउन्ड स्ट्रलिङ १ को खरिदर १६८ रुपैयाँ ७४ पैसा र विक्रीदर १६९ रुपैयाँ ४८ पैसा, स्वीस फ्र्याङ्क १ को खरिदर १५० रुपैयाँ १६ पैसा र विक्रीदर १५० रुपैयाँ ८२ पैसा कायम गरिएको छ ।
यस्तै अष्ट्रेलियन डलर १ को खरिदर ८४ रुपैयाँ ९५ पैसा र विक्रीदर ८५ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर १ को खरिदर ९५ रुपैयाँ २९ पैसा र विक्रीदर ९५ रुपैयाँ ७१ पैसा, सिङ्गापुर डलर १ को खरिदर १रुपैयाँ ३४ पैसा र विक्रीदर १रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिदर आठ रुपैयाँ ६८ पैसा र विक्रीदर आठ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन १ को खरिदर १८ रुपैयाँ ७२ पैसा र विक्रीदर १८ रुपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल १ को खरिदर ३६ रुपैयाँ ५६ पैसा र विक्रीदर ३६ रुपैयाँ ७२ पैसा, कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ६५ पैसा र विक्रीदर ३७ रुपैयाँ ८१ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट १ को खरिदर तीन रुपैयाँ ९७ पैसा र विक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम १ को खरिदर ३७ रुपैयाँ ३७ पैसा र विक्रीदर ३७ रुपैयाँ ५३ पैसा, मलेसियन रिङ्गेट १ को खरिदर ३० रुपैयाँ ५२ पैसा र विक्रीदर ३० रुपैयाँ ६६ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ३५ पैसा र विक्रीदर ९रुपैयाँ ३९ पैसा, स्वीडिस क्रोनर १ को खरिदर १२ रुपैयाँ ३१ पैसा र विक्रीदर १२ रुपैयाँ ३६ पैसा र डेनिस क्रोनर १ को खरिददर १८ रुपैयाँ ९५ पैसा र विक्रीदर १९ रुपैयाँ ०३ तोकि१ ो छ ।
राष्ट्र बैंकले हङकङ डलर १ को खरिदर १७ रुपैयाँ ६३ पैसा र विक्रीदर १७ रुपैयाँ ७१ पैसा, कुवेती दिनार १ को खरिदर ४४४ रुपैयाँ ९९ पैसा र विक्रीदर ४४६ रुपैयाँ ९३ पैसा, बहराइन दिनार १ को खरिदर ३६४ रुपैयाँ ०८ पैसा र विक्रीदर ३६५ रुपैयाँ ६७ पैसा, ओमानी रियाल १ को खरिदर तीन सय ५६ रुपैयाँ ५२ पैसा र विक्रीदर तीन सय ५८ रुपैयाँ ०८ पैसा तथा भारतीय रुपैयाँ १ सयको खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाएको छ ।