काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोजकृष्ण उप्रेतीलाई नियुक्त गरेको छ ।
गत पुस १ गते बसेको सञ्चालक समितिको बैठकले पुस ४ गतेदेखि लागू हुने गरी आगामी चार वर्षसम्मका लागि सीईओमा उप्रेतीलाई नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।