काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेडले पोखराको ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिलाई ताल बाराही मन्दिर पुनर्निर्माणका लागि रू. १० लाख सहयोग गरेको छ । उक्त सहयोग रकम मन्दिर पुनर्निर्माणका क्रममा मुख्य मन्दिरमा प्रयोग हुने सल्यानी ढुंगाका लागि खर्च गरिनेछ । कार्यक्रममा बैंकका अध्यक्ष, श्री जयती बन्सलले ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम शर्मा पहारीलाई सहयोग रकम हस्तान्तरण गरिन् ।
उक्त कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, सञ्चालक पिनाकी नाथ बनर्जी, स्टेट बैंक अफ इन्डियाका महाप्रबन्धक रितेश सिन्हा, नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडा र बैंक तथा समितिका अन्य वरिष्ठ पदाधिकारीसमेतको उपस्थिति रहेको थियो । बैंकले समुदाय स्तरमा संस्कृति तथा सम्पदा संरक्षणका लागि समय समयमा यस्ता गतिविधि गर्दै आइरहेकोे छ । हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२२ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।