काठमाडौं। विद्युतीय कार निर्माता नेटा अटोले थाइल्याण्डमा आफ्नो व्यापारमा उल्लेख्य सुधार गरेको छ । कम्पनीले २०२४ को डिसेम्बर महीनामा नेटा एक्स र नेटा भीको व्यापारमा ठूलो सुधार ल्याएको हो । कम्पनीका अनुसार थाइ बजारमा नेटा एक्स र नेटा भी दुवै मोडल गरी ६८४ युनिट विक्री भएको छ ।
नेपाली बजारमा समेत यी दुवै विद्युतीय कार विक्री वितरण भइरहेको छ । नेटा अटोका लागि नेपालको आधिकारिक विक्रेता कम्पनी सिजी मोटर्सले नेटा भीको ५० किलोवाट क्षमाताको मोटर र ४०.७ किलोवाट आवरको ब्याट्री भेरियन्टमा विक्री गर्दै आएको छ । कम्पनीका अनुसार यसले एक पटकको फुल चार्जमा ३८० किलोमिटरसम्म रेन्ज दिन्छ ।
त्यस्तै अर्को मोडल नेटा एक्स दुई ब्याट्री अप्सनमा उपलब्ध छ, जसमा सर्ट रेन्ज भेरियन्टमा ५२ र ठूलोमा ६२ किलोवाट आवर क्षमताको ब्याट्री पाउन सकिन्छ । यसमा १०० किलोवाट क्षमातको मोटर उपलब्ध छ । कम्पनीका अनुसार यसको रेन्ज ५०० किलोमिटरसम्म पाउन सकिन्छ ।