काठमाडौं। नेपाल टेलिकमले आज (साउन १) देखि लागू हुने गरी ‘मनसुन अफर २०८१’ अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधा उपलब्ध गराएको छ । यसअन्तर्गत कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस तथा डेटा प्याकेज सञ्चालनमा ल्याएको हो ।
प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन समयावधि रहेको रू. १९९ देखिका कम्बो प्याकेज उपलब्ध हुने बताइएको छ । यसअन्तर्गत रू. १९९ मा २०० मिनेट अल–नेट भ्वाइस र २ जीबी डेटासहितको ‘कम्बो १९९ प्याक’देखि रू. ४९९ सम्मको ५०० मिनेट अल–नेट भ्वाइस, ८ जीबी डेटा र १०० अल–नेट एसएमएससहितको ‘कम्बो ४९९ प्याक’ उपलब्ध गराउने बताइएको छ ।
त्यस्तै प्रिपेड र पोस्टपेड जुनसुकै मोबाइल प्रयोगकर्ताका लागि सजिलो अनलिमिटेड प्याकअन्तर्गत रू. ६९९ मा अनलिमिटेड अल–नेट भ्वाइस, १५ जीबी डेटा र २०० अल–नेट एसएमएस सहितको सजिलो अनलिमिटेड ६९९ प्याक सञ्चालन हुनेछ । साथै सजिलो अनलिमिटेड ७९९, ९९९ र १४९९ प्याकमा ग्राहकका लागि सुविधा थप गरी उक्त प्याकलाई अझै आकर्षक बनाइने बताइएको छ । पोस्टपेडमा भने रू. ३७३ वा सोभन्दा बढी मूल्यको प्याकेज खरीद गर्दा मासिक रूपमा तिर्नुपर्ने रेन्टल चार्ज पनि प्याकेजमा नै समावेश हुने बताइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।