काठमाडौं । ठेउले खोला जलविद्युत आयोजनबाट विद्युत उत्पादन कार्य सुचारु भएको छ ।
बाराही हाइड्रोपावर जलविद्युत कम्पनीले निर्माण गरेको १ दशमलव ५ मेगावाट क्षमताको उक्त आयोजनामा गत असार २२ गते आएको पहिरोका कारण क्षति पुर्याएको थियो । आयोजनामा क्षति पूगेसँगै पूर्ण रुपमा बन्द भएको विद्युत उत्पादन कार्य साउन १ गते राती २ बजेबाट आंशिक रुपमा विद्युत उत्पादन सुचारु भएको जानकारी कम्पनीले दिएको छ ।
पहिरोका कारण आयोजनको इन्टेक र ग्राभेल ट्रयापको बीचमा भएको संरचनामा क्षति पुगेको भनाई कम्पनीको छ । यस कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासनको तयारी गरिरहेको छ । हाल कायम चुक्तापूँजी २५ करोड रूपैयाँको आधारमा सोही बराबरको हकप्रद शेयर निष्कासनका लागि कम्पनीले विद्युत नियमन आयोगबाट गत फागुन २२ गतेनै स्वीकृति पाइसकेको छ ।
गत पुस २९ गते सम्पन्न आठौं वार्षिक साधारण सभाबाट सर्वसम्मतिले कम्पनीले हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गरेको थियो । शतप्रतिशत हकप्रद पछि कम्पनीको चुक्तापँजी ५० करोड रूपैयाँ कायम हुनेछ ।