काठमाडौं (अस) । आर्थिक वर्ष सन् २००८/९ मा नेपालमा रू. ६ करोडको मात्र लसुन आयात भएको तथ्यांक छ । तर त्यसको ठीक १२ वर्षपछि अर्थात् आर्थिक वर्ष २०१९/२० मा नेपालमा रू. १ अर्ब ९ करोड बराबरको लसुन आयात भएको पाइन्छ । यसरी यस अवधिमा लसुनको आयातको वार्षिक औसत वृद्धिदर करीब २२ प्रतिशत रहेको छ । मासिक रूपमा हेर्दा लकडाउनको अवधिमा अत्यधिक मात्रामा प्याज लसुन आयात भएको पाइन्छ । उक्त तथ्यांकले लसुनको विकासमा थप नयाँ रणनीति अंगीकार गर्नु आवश्यक रहेको देखिन्छ ।