काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । चैत २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन लगाएतका विविध प्रस्ताव पारितका लागि जेठ १ गते दोस्रो वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभा महाराजा रिसोर्ट प्रालिको सभाकक्ष रुपन्देहीमा विहान ९ः१५ बजे सभा गर्ने निर्णय कम्पनीले गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०÷८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्तीको विषय पनि टुङ्ग्याउनेछ ।
र्वसाधारणलाई आईपीओ निष्कासन गर्ने र त्यसको लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । कम्पनीको प्रबन्धपत्र संशोधन र सञ्चालकहरुको सेवा सुविधा वारे पनि सभाले निर्णय गर्नेछ । सभा प्रयोजनका लागि वैशाख २५ गते एक दिन बुक क्लोज गर्ने तयारी कम्पनीले गरेको छ । बुक क्लोजको आधारमा वैशाख २४ गतेसम्म कायम शेयरधनीहरुले म ात्र सभामा भाग लिन सक्नेछन् ।