काठमाडौं । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता नतिर्ने उद्योगहरुमा लाइन नकाट्ने निर्णय गरेको छ । विद्युत् नियमन आयोगले मंगलबार प्राधिकरणलाई पत्र पठाउँदै उद्योगहरूमा लाइन काटदा सरकारको राजस्वमा असर पर्नजाने भन्दै लाइन नकाटेरै बक्यौता असुल गर्न निर्देशन दिएको थियो ।
सोहि निर्देशन पछि बुधबार विहान बसेको सञ्चालक समिती बैठकले लाइन नकाटने निर्णय गरेको सदस्य कपिल आर्चायले आर्थिक अभियानसँग बताए । बैठकमा उपस्थीत ६ सदस्य मध्ये दुई सञ्चालक समिती आचार्य स्वयंम र भक्तबहादुर पुनले फरक मत राख्दा पनि उर्जामन्त्रीले यस्तो निर्णय गराएको आचार्यले बताए । अब महशुल उठने भन्दा पनि नठुने खतरा बढेको उनले बताए ।