काठमाडौं। एशियन लाईफ इन्स्योरेन्स स्थापनाको १६औं वर्ष पूरा गरी १७औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०६४ चैत २१ गतेदेखि कारोबार प्रारम्भ गरेको हो । वार्षिकोत्सवको अवसरमा कम्पनीले विविध कार्यक्रम आयोजना गरेको छ ।
कम्पनीले बुधवार मैतीदेवीस्थित प्रधान कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा ७० जनाले रक्तदान गरेका छन् । त्यस्तै गत शनिवार मैत्रीपूर्ण फुटसल प्रतियोगिता गरिएको छ । साथै देशभरका ८० शाखा, उपशाखा कार्यालयमार्फत वृद्धाआश्रम, सामुदायिक विद्यालय, अनाथालय तथा सामाजिक संघ संस्थालाई शैक्षिक सामग्री, खाद्यान्न, फर्निचर लगायत जिन्सी सामग्री वितरण गरेको बताइएको छ ।
चालू आर्थिक वर्ष २०८०/८१ को फागुनसम्ममा कम्पनीको जीवन बीमाकोष रू. ४१ अर्ब ३० करोड र कुल बीमाशुल्क रू. ४९ अर्ब रहेको छ । कम्पनीमा कुल लगानी रू. ४६ अर्ब १० करोड रहेको बताइएको छ । यसैगरी चालू आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्ममा कम्पनीले कुल बीमाशुल्क रू. ५ अर्ब १५ करोड ८७ लाख आर्जन गरेको छ ।