काठमाडौं । गत मंसिरमा विदेशी मुद्रा सञ्चिति करीब पौने २३ खर्ब रुपैयाँ पुगेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत मंसिरमा यस्तो सञ्चिति २२ खर्ब ७३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । यो गत असारको तुलनामा करीब साढे ११ प्रतिशतले बढेको हो । गत असारमा यस्तो सञ्चिति २ खर्ब ४१ अर्ब १० करोड रुपैयाँ थियो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा गत मंसिर मसान्तमा १६ अर्ब ७६ करोड पुगेको छ ।
विदेशी मुद्रा सञ्चितिले १४ महीनाभन्दा बढी वस्तु तथा सेवा आयात धान्न सकिने राष्ट्र बैंकले जनाएको छ । ‘आर्थिक वर्ष २०८१/०८२ को ५ महीनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महीनाको वस्तु आयात र १४.६ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ,’ राष्ट्र बैंकले भनेको छ ।